Breaking

मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गरियोस् : एमाले


काठमाडौँ – नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् । किन मिटरब्याज पीडितको माग सम्बोधन भएन रु’ उनले प्रश्न गरे ।

लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि उनले सरकारलाई भनेका छन् ।