Breaking

धोती लाउँदा पनि षड्यन्त्र देख्छ सरकार : सीके राउत


काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थालेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् ।
‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए । अन्तिममा आफैं सेतो बाघबाट त्रसित हुनुपरेको थियो’, राउतले भने, ‘‘त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै त्रसित भएको अवस्था, सेतो बाघ नै देख्ने अवस्था सिर्जित भएको देख्छु ।’

कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनमा समेत शासकहरुले व्यवस्था ढाल्ने षड्यन्त्र देखेको अध्यक्ष राउतले टिप्पणी गरे ।
दुई जना युवाले रोजगारी माग्दा मेरो व्यवस्था ढाल्न आयो कि भनेर सेतो बाघ देख्छ, धोती लाउँदा पनि षड्यन्त्र देख्छ । मधेश प्रदेशका शिक्षा मन्त्रीले प्रमुख अतिथिलाई फुल दिन जाँदा पनि गठबन्धन भत्काउन लाग्यो भनेर गृहमन्त्रालयले आदेश दिएर टाउको फुटाउनेसम्मको काम गर्छ’, राउतले भने ।