राजनीति

एमाले बैठकमा आजदेखि नेताहरुको प्रस्तावमाथि छलफल हुँदै


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।

मंगलवारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन्

पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबका कार्यक्रमको खाका प्रस्तुत गरेका छन् ।

प्रस्तुत कार्ययोजनाबारे आजको बैठकमा छलफल हुनेछ । छलफलका लागि केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ । स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु गरी नौ समूहमा छलफल हुनेछ ।