Breaking

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

फागुन १० गते बिहीबारका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।

बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।