Breaking

नेपाल ए ले क्यानडाविरुद्ध सन्दीपको कप्तानीमा फिल्डिङ गर्दै


काठमाडौँ – नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज टोलीमा नभएपछि जोराले कप्तानीको जिम्मेवारी पाएका हुन् ।

नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो । आज नेपालले पहिलो खेलबाट दुई परिवर्तन गरेको छ । रिजन ढकाल र शेर मल्ललाई मौका दिएको छ ।

विनोद भण्डारी र प्रतिश जि.सीलाई बाहिर राखेको छ । यू-१९ का ओपनर अर्जुन कुमालले किपिङ गर्नेछन् ।