Breaking

नामिवियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्दै


काठमाडौँ – नेरदल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दैछ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् र उनले टोलीमा दुई परिवर्तन गरेका छन् ।नेपालसँग पहिलो खेलमा ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सले रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई आज खेलाएको छ । शरि अहमद र वेस्ली ब्यारेसीलाई आज बेन्चमा राखेको छ ।

उता नामिबियाले टोलीमा एक परिवर्तन गरेको छ । नेपालविरुद्ध डेब्यू खेल खेलेका ज्याक ब्रासेललाई बाहिर राख्दा जेपी कोट्जीलाई खेलाएको छ । जेपी शीर्षक्रमका ब्याटर हुन् । नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।