Breaking

५२ करोड भुक्तानी नपाएपछि सडकमै दुध पोखेर किसान आन्दोलित

कृषिमन्त्री भुषालको राजीनामा माग


दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि पैसा नपाएको भन्दै चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन् ।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दूध पोखेका हुन । उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् । त्यसपछि किसानहरुले फेरि सडकमा नारा लगाउँदै दूध पोखेका हुन् ।

दूध बेचेको पैसा लामो समयसम्म पनि नपाएपछि आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ । गत साउन महिनादेखि यहाँका किसानहरुले दूध बिक्री गरेको करीव ५२ करोड रकम भुक्तानी पाएका छैनन् ।

उनीहरूले समस्या समाधानमा कृषिमन्त्री बेदुराम भुषाल उदासिन बनेको भन्दै उनीहरुले राजीनामा मागेका छन् ।।