Breaking

मन्त्री ज्वालाको बर्खास्ती गर्नुपर्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ– प्रतिवेदन हेरेर थप कारबाही गरिनेछ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

छानबिन समितिले दोषी देखाएका २ युवा मारिएको विषयमा मन्त्री प्रकाश ज्वाला नै दोषी देखाएको सन्दर्भमा आईतबारको संसद बैठकमा एमाले–रास्वपालगायतका सांसदले बर्खास्त गर्न गरेको मागप्रति प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।


छानबिन समितिको प्रतिवेदन अहिलेसम्म आफूले अध्ययन नगरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयले बुझाएपछि थप प्रक्रिया अगाडि बढ्ने बताए । सरकारले घटनालाई गम्भीर र विशेष रुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १० लाख दिएर सरकार चुप लाग्यो भन्ने कुरा सही नभएको बताए ।