Breaking

समाजवादी मोर्चाको अध्यक्षमा विप्लव सी चयन, प्रमुख सहरमा जनपरिचालन कार्यक्रम आयोजना हुने


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले ‘थर्ड पोल’का रूपमा अघि सारेको समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सी चयन भएका छन् ।

आलोपालो नेतृत्वको प्रावधान अनुसार माधव नेपालले छाडेर विप्लवलाई संयोजक बनाइएको हो ।

मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए ।