मौसम

जलवायु परिवर्तनले प्रकोपको मुखमा नेपाल, भूकम्पकै जस्तो भयावह संकटको खतरा (भिडियोसहित)


काठमाडौँ— जलवायु परिवर्तनले नेपालमा कुनैपनि बेला ठूलो क्षति हुनसक्ने तर्फ विज्ञहरुको सजग गराएका छन् । विज्ञहरुले जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालमा व्यवास्था गरिएको र पटक–पटक विज्ञहरुले खतरा छ भनेर सचेत गराइर्््रहेको एउटा विषय हो जलवायु परिवर्तन । आफुलाई परेपछि मात्रै टाउकोमा हात राखेर रुवाबासी गर्ने नेपालीको चलन पुरानै हो । विज्ञहरुले भुकम्पकै शैलीमा जलवायु परिवर्तनले विषम परिस्थितील्याउन सक्नेभन्दै पछि रोएर पछुताउन्ु भन्दा बेलैमा सचेत हुनु पर्नेमा जोड दिएकाछन् ।

विज्ञहरुले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्युनिकरणका लागि समयमा नै सरकारले स्थानीय तहमा डिजास्टर लर्निङ सेन्टरहरु स्थापना गर्न आवश्यक रहेको बताएकाछन् । नेपाल जलवायु परिवर्तनको असरका कारण ठूलो क्षति हुने देश भएको भन्दै यसबारेमा समयमा नै आवश्यक ध्यान दिनुपर्नेमा जोड दिएकाछन् । गैरसकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले नेपालले क्लाइमेट फाइनान्स र क्लाइमेट जस्टिसका कुराहरुलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए ।

यता, केयर नेपालकी प्रतिनिधि मोना शेर्पाले जलवायु परिवर्तनबाट भएको विपद् र जोखिम न्युनिकरणका लागि स्थानीय स्तरमा भएको ज्ञान, अनुभव, शक्ति, सीपको प्रयोग गर्नुपर्नेमा जोड दिईन । उनले स्थानीय श्रोत साधनको प्रयोग बिना प्रविधिको प्रयोग गरेर र राज्यले मात्रै काम गरेर समस्याको समाधान ननिस्किने तर्क गरीन् ।

यता अक्सफार्म कार्यक्रम तथा साझेदारी प्रमुख निमा श्रेष्ठले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि स्थानीय शक्तिको प्रयोग गर्न आवश्यक रहेको बताइन् । उनलेस्थानीय तहको जनशक्ति तयार पार्दा भाषा, संस्कृति, स्थानीय अवस्थालाई बुझ्ने भएकाले सोहीअनुसारको जनशक्ति बनाइ जलवायु परिवर्तनका कारण समाजले व्यहोर्नुपरेको असर न्युनिकरण गर्नुपर्नेमाजोड दिइन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव न्युनिकरण गर्न वातावरण संरक्षण गर्र्नुपर्ने बताएकाछन् । उनले कार्बन उत्सर्जनका प्रभावहरुको न्युनिकरण योगदानकर्ताको हैसियतबाट प्राप्त हुने लाभको दाबी गर्ने सक्षमतासमेत नेपालसँग हुनुपर्ने बताए । विकास र वातावरणीय सन्तुलन कायम गरी दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा पनि चुनौतिहरु कायम रहेको पनि बताए ।

जलवायु परिवर्तनका कारण नेपालमा पछिल्लो समय विपद्जन्य घटनाहरु बढीरहेको छ ।मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढेको र नेपालमा समेत जलवायु परिवर्तनको प्रभाव बढ्ने विज्ञहरुले चेतावनी दिएकाछन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण प्रचण्ड गर्मी, अनावृष्टि, सुक्खा र चक्रवातजस्ता घटना विश्वभरि नै देखिन थालेका छन्।यसले भविस्यमा मानवजिवनमा बिकराल समस्या निम्तने देखिएको छ । त्यसैलेसरकारले जलवायु परिवर्तनका कारण पर्नसक्ने प्रभावहरुको रोकथाम र न्युनिकरणका लागि तल्काल विभिन्न उपायहरुको अवलम्वन गर्न जरुरी छ ।