खेलकुद

नेदरल्याण्ड्सलाई नेपालले चटायो धुलो, आशिफ र अनिलले देखाए कमाल, क्रिकेटमा अर्काे छलाङ (भिडियोसहित)


काठमाडौँ— आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले सहज जित निकालेको छ । शनिवार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाएको १३८ रनको लक्ष्य सहजै पार गरेको हो । नेपालका लागि खेलमा आसिफ सेख र अनिल साहले अर्थसतक पुरा गरेकाथिए ।

शासकले देश खाएर सिनिक्क बनाएको बेला दोहो¥याई तेह¥याई एउटै मन कति पटक जित्छौ आसिफ र अनिल अनि, कुशल र सोमपाल हरु । कालो बादमा चाँदीको घेरा बनेर उदाएको नेपाली क्रिकेट टिमले आज शनिवार फेरि एक पटक दिल गार्डेन गार्डेन हो गया बनाएको छ । त्रिवी क्रिकेट मैदान किर्तिपुरमानेदल्याण्डसंगको सुरुवाती खेलमा कुशल भुर्तेलले थोरै पनि भुल नगरी, च्याप च्याप चार बल समाईदिएपछि दवाब र तनावमा असिन पसिन भएको नेदरल्याण्ड नेपालका सामु धेरै परसम्म टिक्नै सकेन् । फलत३९ ओभरमा १३७ रन बनाएर अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । त्यसपछि बल फाली रहेका नेपालीको हातमा अब व्याड समात्ने पालो आयो । उसै पनि घरेलु मैदान, त्यसमा पनि कति बेला पालो आउँछ भनेर कुरेका नेपाली खेलाडी, मौकामा चौका मात्रै हैन छक्का हान्न पनि छोड्दे र आयो कि, पिट्योको लाईनमा धडाधड दिन थाले ।

सुरुमा सेटमा कुशल भुर्तेल र आशिफ शेख थिए । कुशलले आफ्नो कौशलता देखाएर बेलाबेला बलालाई ६ का र चौकाको मदलले बाउण्ड्री कटाएकै बेला २८ रनमा नेदरल्याण्डका खेलाडीको धरापमा परे । त्यसपछि आफिसको जोडी बनेर आए, अनिल साह, यो हल जोडीको क्लाईमेक्स यस्तो जम्योकी यीनिहरुले नेदलाइण्डलाई विदा गर्न बेन्चमा घाम तापेका अन्य साथिहरुलाई व्याड पक्रिने निम्तोनै दिएनन् ।रुखका टुप्पोमा बसेर नेपाली खेलाडीलाई मसर्थन गरिरहेका घरेलु दशर्क चौका र छक्का हानेको बेला विगुल फुकेर उर्फिएको दृश्यले खेलाडीलाई थप उर्जा मिलिरहेको थियो । शनिवारको खेलमा नेदाल्याण्ड माथि नेपाल जसै जसै समर्थक उसै उसै स्वाहको लयमा थियो । अर्थात चौका र छक्काको माग गरेर प्ले कार्ड सहित प्रतिक्षामा रहेका घरेलु दर्शकको माग बमोजिम नेपाली खेलाडीले बल पिटीरहेका थिए ।

आसिफ र अनिलले अर्धसतको पारी खेल्दा नेदाल्याण्ड निरीह बनेर फर्कियो । दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।ओपनर कुशल भुर्तेलको विकेटपछि मैदान आएका अनिल शाहले १२.३ ओभरमा आर्यन दत्तको बलिङमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।


३६ बल खेलेका अनिलले ६ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५७ रन बनाए।यसअघि क्यानडाविरूद्धको खेलमा शतक प्रहार गरेपछि अनिललाई लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिज खेल्ने टिममा समावेश गरिएको थियो।आशिफ शेखले १४.४ ओभरमा अर्धशतक पूरा गरेका हुन्। उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरी नटआउट ५४ रन बनाए।ओपनर कुशल भूर्तेल ११ बल खेल्दै २८ रन प्रहार गरेर आउट भएका थिए।आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको थियो तर नेपालले सानदार रुपमा सहजै यो लक्ष्यलाई पार ग¥यो । नेदरल्याण्डसले दिएकोसामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टाए र जित निकालेको थियो । पूर्वाधार र स्रोत साधनको अभावमा नेपाली क्रिकेट खेलाडीले देखाएको कौशलता अतुलनिए छ । पछिलो समय क्रिकेटमा नेपाल विश्वसामु परिचित छ ।