Breaking

नेदरल्याण्डसविरुद्ध आसिफ सेखले पनि बनाए अर्धशतक


काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका आसिफ सेखले अर्धशतक बनाएका छन् ।

आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा उनले ४३ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

यही खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् ।

नेदरल्याण्डसविरुद्ध नेपालले १३७ रनको लक्ष्य पाएको छ ।