Breaking

नेदरल्याण्डसविरुद्ध नेपालका अनिल साहले बनाए अर्धशतक


काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा उनले २९ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाएका हुन् ।

नेपालका आसिफ सेख पनि ४६ रन बनाएर क्रिजमा छन् ।

१३७ रन पछ्याएको नेपालका लागि कुशल भुर्तेलले २८ रन बनाएर आउट भएका थिए ।