Breaking

नेदरल्याण्ड्सविरुद्ध पावर प्लेमा नेपाल दबाब राख्न सफल


काठमाडौँ – आईसीसी विश्वकप लिग(२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले दबाब कायम गरेको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरुल्याण्ड्सलाई १० ओभरको पावर प्लेमा दबाबमा राखेको छ।नेदरल्याण्ड्सले २ विकेट गुमाएर मात्र २८ रन बनाएको छ। ​नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट ३ बलमा कुनै रन बनाउन नसकी आउट भए। उनी सोमपाल कामीको बलमा देव खनालद्वारा क्याच आउट भए।
यस्तै म्याक्स ओ डौड १० रनमा आउट भए। २१ बलको सामना गरेका उनले १ छक्को मद्दतमा १० रन जोडेका थिए।

७।४ ओभरको बलमा साइब्रेन एंगलबड्चले जीवन दान पाए। फिल्डर अनिल साहको हातमा लागेर बल फुस्किएको थियो। उनी १३ रन बनाएर खेलिरहेका छन्। बास डे लिडे ४ रनमा नटआउट छन्।

नेपालका लागि सोमपाल कामीले १ विकेट लिए। उनले ५ ओभर बलिङ गर्दै १ मेडन राखेर १३ रन दिए। यस्तै ४ ओभर बलिङ गरेका ललित नारायण राजवंशीले १३ रन नै खर्चिए। १ ओभरमा कुशल मल्लले २ रन दिए। नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपालले यो त्रिदेशीय शृङ्खलामा चार खेल खेल्नेछ।