Breaking

नेदल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता


काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले तेस्रो सफलता पाएको छ । ललित राजवंशीले नेदरल्याण्ड्सका स्याब्रान्ड एंगेलब्रेक्टको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

१५ . ४ ओभरमा स्याब्रान्ड ललितको बलमा व्यक्तिगत २३ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ५६ रन छ ।

यसअघि पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो । खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।