खेलकुद

खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लब पोल “ए” बाट सेमिफाइनलमा प्रवेश


काठमाडौँ — ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगीताको पाँचौ दिन आज भएका २ खेलमा खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लब पोल “ए” बाट सेमीफाइनलमा प्रवेश गरेका छन् । काठमाडौंको सानोगौचरण खेलमैदानमा भएको खुन्दे कम्युनिटी क्लब र ठमिछोवा फुटबल क्लब बिच भएको पहिलो खेलमा ५-१ गोल अन्तरका साथ डमीछोवा फुटबल क्लब विजयी भएको छ भने खेलको म्यान अफ द म्याच छिरिङ काल्डेन शेर्पाले हात पारेका छन् । त्यस्तै आजै भएको आमाडब्लम युवा क्लब र खुम्जुङ युवा क्लब बिचको अर्को खेलमा २-० गोल अन्तरकासाथ खुम्जुङ युवा क्लब बिजयी भएको छ । दोस्रो खेलको म्यान अफ द म्याच फुरा छिरिङ शेर्पा भएका छन् ।

‘खुम्बु ल्होसार कप’ प्रतियोगिताको यो १४ औं संस्करणको आयोजना ठमिचो क्षेत्रका दुई संस्थाहरु यम्बु ठमिस्रो किदुग काठमाडौं र उमीछछोवा युवा समूहले संयुक्त रुपमा गरेका हुन् । यस प्रतियोगिताको बिजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपियाँ, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते समापन समारोहका साथ सम्पन्न हुनेछ ।

८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल हुनेछन् । ८ टिम सहभागी छन् । शेर्पा समुदायको चाड ल्होसार ९नयाँ वर्ष० पारेर विगत १३ बर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगीता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौँमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ ।