Breaking

कांग्रेस महासमितिमा पेश हुने प्रस्तावमा गठबन्धनको छाया देखियो : शेखर कोइराला


काठमाडौँ— नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको बताएका छन्।

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा तीन प्रस्तावमाथि १६ बुँदे धारणा राख्दै कोइरालाले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको बताएका हुन्।

‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।’

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव तयार पारेका हुन्। खड्का अहिलेको गठबन्धन सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन्।

नीति प्रस्तावमा गठबन्धन गर्नु परेका विषयमा खड्काले मिश्रित निर्वाचन प्रणाली भएको र कुनै एक दलले बहुमत ल्याउन नसक्ने स्थितिका कारण भन्ने उल्लेख गरेका थिए भने गठबन्धन सरकारको आलोचना गरिएको थिएन।

यस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रमशस् सांगठानिक र समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्। शर्माले पेश गरेको प्रस्तावमा कोशीमा सरकार बनाउँदाको असर गत माघ ११ को राष्ट्रिय सभा चुनावमा देखिएको उल्लेख छ।

कोशीमा कोइरालानिकट केदार कार्की कांग्रेसका ८ सांसद र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पछि मुख्यमन्त्री कार्कीलाई गठबन्धनले नै विश्वासको मत दिएको थियो भने एमाले कोशी सरकारबाट बाहिरिएको थियो।

राष्ट्रिय सभा चुनावमा कोशीमा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भएकी थिइन्।

केन्द्रीय समितिमा शेखर कोइरालाले राखे तीन प्रस्तावमा १६ बुँदे धारणा

कांग्रेसले आममानिसलाई आशा सिर्जना गर्ने प्रस्ताव ल्याउन सकेन: प्रदीप पौडेल

कांग्रेस केन्द्रीय समितिमा कल्याण गुरूङले भने- हप्तामै तलब दिने नीति बनाउन पहल गरौं

महासमितिमा पेश गर्ने तीनवटै प्रस्तावको स्वामित्व लिन सकिन्न, छुट्टै ल्याइन्छ: नैनसिंह महर

गठबन्धन गर्दा ७ प्रतिशत लोकप्रिय मत र १३.२ प्रतिशत मतदाता गुमायौं: गगन थापा

महामन्त्री थापाको सांगठानिक प्रस्ताव- शिक्षक र कर्मचारीलाई कांग्रेस सदस्यता नदिने

महामन्त्री थापाको सांगठनिक प्रस्ताव- ०८२ मंसिरभित्रै कांग्रेसको १५ औं महाधिवेशन