खेलकुद

छोरमा युवा क्लबले बृहत् खुल्ला पुरूष भलिबल प्रतियोगिता गर्ने



काठमाडौँ — रामेछापको उमाकुण्ड गाउँपालिका–१ लहाछेवारमा खुल्ला बृहत पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
खेलकुद स्वास्थ्यको लागि, युवा राष्ट्रको लागि भन्ने मूल नाराका साथ छोरमा युवा क्लबले खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिष्णुता साथै आपसी हार्दिकतालाई कायम राख्दै कला, संस्कृति र पर्यटन क्षेत्रको विकासमा टेवा पुगोस भन्ने उदेश्यका साथै

बौद्ध धर्मावम्बीहरुको महान चाड तथा नेपाली राष्ट्रिय पर्व ग्याल्बो लोसार सिङ फो डुक लो २१५१ औ ग्याल्पो लोसारको अवसरमा सो प्रतियोगिता हुन लागको हो । छोराम युवा क्लब उमाकुण्ड–१ लहाछेवारको आयोजनामा
यहि मिति २०८० साल फागुन २७, २८ र २९ गते उमाकुण्ड गाउँपालिका वडा नं १ को उत्तरी तथा अन्तिम मानवबस्ती रहेको लहाछेवार समुद्री सतहदेखि २७७० मिटरको उचाइमा लहाछेवार स्थित खेल मैदानमा बृहत खुल्ला पुरूष भलिबल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ८८ हजार ८ सय ८८ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै द्वितीय हुनेले ५५ हजार ५ सय ५५, तृतीय हुनेले ३३ हजार ३ सय ३३ र चौथो हुनेले ११ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव दावा शेर्पाले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुनका लागि फागुन २६ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएका छ । टिम दर्ता दस्तुर ५ हजार ५ सय तोकिएको क्लबका अध्यक्ष सम्देन शेर्पाले जानकारी दिनुभयो ।

प्राकृतिक स्रोत साधनले भरिपुर्ण रामेछापको उत्तरी भेग आन्तरिक र वाह्य पर्यटकको प्रचुर सम्भावना भएको सगरमाथा लगाएत विश्वको धेरै उच्च हिमालहरुको मनमोहक दृष्यहरुको अवलोकन गर्न सकिने साथै चलचित्र छायंकन गर्नका लागि पनि अति उपयुक्त र रमनिय स्थल रहेको र । काठमाण्डौबाट छोटो दुरीमा रहेको यस पर्यटकीय पदमार्गबाट सगरमाथाको दक्षिणी भाग देखिने एकै स्थानबाट पचास भन्दा बढि तालहरुको मनमोहक दृष्य देखीने हिन्दु तथा बौद्धको धार्मिक स्थलः उमातिर्थ (उत्तर काशी) दुधकुण्ड, काउ बौद्ध (काङ छोर्तेन) पनि यसै पदमार्गमा पर्ने । सगरमाथाको अरोहनको क्रम तेन्जिङ शेर्पा र एडमन्ट हिलारीले पनि यस छेवार ताते बाटो प्रयोग गरिएको थिए । यस्ता अत्याधिक रामणिय, साहासिक, नविन पदमार्ग
स्थल लहाछेवारको प्रचार गरी पर्यटन प्रवर्धनको लागि समेत महत्त्वपूर्ण टेवा पुर्‍याउन खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजना संस्थाले जानकारी दिएको छ।