Breaking

ललिता निवास : जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र बिचौलियासहित १२ जना दोषी


काठमाडौँ – विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ।त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ। विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरेको हो ।

विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुने अन्यमा सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । फैसला सुनाउने क्रम जारी रहेको छ।