Breaking

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, आन्दोलन पनि एजेण्डा


काठमाडौँ – नेकपा एमालेले फागुन दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले फागुन ८, ९ र १० मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामको प्रतिवेदन पेश हुनेछ ।

यसका साथै संगठन शुद्धीकरण र सुदृढीकरणका लागि कार्ययोजना बनाउने पनि एजेण्डा छ । गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको छ ।