Breaking

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्न


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताएका छन् ।

विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए । बिहीबार जवाफ दिने क्रममा प्रचण्डले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताएका हुन् । आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए ।