Breaking

नेप्से १४.४६ अंकले घट्यो


काठमाडौँ – साताको अन्तिम कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक १४.४६ अंकले घटेर बन्द भएको छ । ०.६९ अंकले घटेर २०६२.०३ विन्दुमा झरेको छ ।

आज ३०५ धितोपत्रको एक करोड १४ लाख सात हजार २६४ कित्ता सेयर तीन अर्ब ६ करोड ९१ लाख एक हजार ७४१ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये १२ को समूहगत सूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक ०.१५ प्रतिशतले बढेको छ ।

यसदिन बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले घटेको छ ।