Breaking

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले भोलि फैसला सुनाउने


काठमाडौं — ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ । आज नै फैसला सुनाउने तयारी गरे पनि अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, त्यतिबेलाका उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दामा सुनुवाइ भने सकिएको छ । आज फैसला सुन्न प्रतिवादी र उनीहरुका वकिल विशेष अदालतमा उपस्थित भएका थिए । फैसलाको प्रतिक्षामा अबेरसम्म बसे पनि अन्तिममा हेर्दाहेर्दैमा राखिएको हो ।