Breaking

माओवादी विधान महाधिवेशनमा १३ समूहको सुझाव पेश, बाँकीले भोलि गर्ने


काठमाडौं — नेकपा माओवादी केन्द्रको मंगलबार सुरु विधान महाधिवेशनमा आजसम्म १३ समूहले सुझाव प्रस्तुत गरेका छन् ।

प्रस्तावित विधानमाथि समूहगत छलफल गरेपछि टोली नेताले विधान महाधिवेशन हलमा निष्कर्ष प्रस्तुत गरेका हुन् । अब बाँकी ७ समूहको सुझाव बिहीबार प्रस्तुत हुने नेताहरुले बताएका छन् ।

माओवादीले प्रस्तावित विधानमाथि छलफल गर्न २० समूह बनाएको छ । आज प्रस्तुत भएको सुझावहरुमा नेतृत्व चयन प्रणाली प्रत्यक्ष निर्वाचित गर्नुपर्ने, कमिटीको आकार सानो र छरितो बनाउनुपर्नेलगायत छन् ।