अपराध

दुई करोड बराबरको नोटसहित भारतीय नागरिक पक्राउ


सुनसरीको इनरुवाबाट दुई करोड बराबरको नेपाली नक्कली नोट फेला परेको छ । सुनसरी खोला पुल नजिकबाट भारत बिहारका २२ वर्षीय महम्मद शैयाद साफी १ करोड ८२ लाख एकाउन्न हजार रकमसहित पक्राउ परेका हुन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स्कारपियो गाडी चेकजाँचका क्रममा एक हजार दरका १८ हजार २ सय ५१ थान नक्कली नोट बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली नोटको कारोबारमा गिरोहकै संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ ।

नक्कली नोट कहाँबाट ल्याइएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।