अर्थनीति

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको अर्थमन्त्री डा. महतको दाबी


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको बताए । अर्थमन्त्री महतका अनुसार पर्यटन क्षेत्रमा सुधार भएको छ ।

‘विप्रेषण बढी चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, वस्तु आयात घटेको छ, निर्यात घटेको छ,’ महतले भने, ‘निर्यात कम हुनुमा उत्पादनशील क्षेत्रले गति नलिँदा कम भएको हो । आयातमा गैरभन्सार चुहावटको आशंका गरिएको छ । सरकारको खर्चमा सबैको चिन्ता छ । समग्र खर्च ३२.५७ प्रतिशत छ ।