Breaking

भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण भेटिएन : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा प्रहरी अधिकृतहरुले दोस्रो चरणको अनुसन्धान भइरहेको बताउँदै आएका छन् ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोस्रो चरणको अनुसन्धानबाट ‘थप प्रमाण नआएको’ संसदीय समितिलाई जानकारी गराए । आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा श्रेष्ठले सो कुरा बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहले आरजु देउवा र मन्जु खाणको नाम लिएको बारे प्रश्न गरे । उनले सोधे,‘अडियो बाहिर आए अनुसारका हाइप्रोफाइल अनुसन्धान दायरमा किन आएनन् ?’

जवाफमा मन्त्री श्रेष्ठले अडियोमा नाम लिएका आइप्रोफाइलविरुद्ध ‘प्रमाण नभेटिएको’ जवाफ दिएका छन् । दुईजनाको बिचमा अर्को व्यक्तिबारे भएको अडियो कुराकानीलाई प्रमाण मानेर मुद्दा चलाउन नमिल्ने श्रेष्ठको भनाई छ ।