Breaking

जेलबाटै सेनालाई हायलकायल पार्दै इमरान, शरिफलाई धक्का, भुट्टोले देलान् इमरानको साथ ? (भिडियोसहित)


काठमाडौँ— पाकिस्तानमा भएको आम निर्वाचनको परिणाम आउँने क्रम अन्तिम चरणमा छ । परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति बफादार स्वतन्त्र उमेदवारको बलियो प्रदर्शन देखिएको छ । जुन परिणामले विश्वको ध्यान आकृष्ट गराएको छ ।।

क्रिकेटमा होस् वा, राजनीतिमा सधै चर्चाको शिखरमा रहेका व्यक्ति हुन् इमरान खान ।
नाम होस् बदनाम होस् तर गुमनाम नहोस भने सिद्धान्त बोकेका इमरानले सत्ताको राजकाज होस कि, जेलमा हावा खाएकै बेला होस, पाकिस्थानमा तरंग ल्याउन छोडेनन् । प्रधानमन्त्रीको कुर्सीमा हुँदा महगा उपहार बेचेको आरोपले हंगामा पिटीएपछि दोषि ठहर भएका इमरानले अहिले जेलभित्रै बाट पाकिस्थानको राजनीतिमा उलट पुलट ल्याउने गरी निर्वाचनमा अनेपेक्षित सफलता हात पारेकाछन् ।

क्रिकेटमा बल्लेबाज ठहरीएका इमरान,राजनीतिमा झनै शक्तिशाली देखिदैछन् । जेलभित्रै बसेर निर्दलिय उम्मेदवार उठाएका उनले अहिले राजनीतिमा चौका हैन छक्का दाउँ लगाएकाछन् । फलत विपक्षीलाई जेल भित्रका एउटा कैदी इमरानले, क्रिकेटमा जस्तो राजनीतिमा धुल चटाउँदैछन् ।

पाकिस्तानमा आम निर्वाचनको परिणाम आउने क्रम अन्तिम विन्दुतिर रहँदा पूर्व प्रधानमन्त्री इमरान खानले जेलबाटै स्वतन्त्रकै हैसियतमा आफ्नो पार्टी पिटिआईलाई पहिलो दल बनाएको दाबी गरेकाछन् । तर पाकिस्थानमा कुनै पनि एउटा दलले स्ष्पष्ट बहुतम नल्याउने निश्चित जस्तै भएको छ ,।

पाकिस्तानको सदन नेशनल एसेम्बलीको कुल ३३६ सिटमध्ये २६६ मा प्रत्यक्ष निर्वाचन भएको थियो भने बाँकी ६० महिला र १० गैर मुस्लिम र अल्पसंख्यका लागि छुटाइएको छ । जुन समानुपातिक ढङ्गले वितरण गरिन्छ । जहाँ सरकार बन्नका लागि १६६ सिट आवश्यक हुन्छ । यो संख्या कसैले पनि हात पार्ने देखिदैन । जेलमा रहेका इमरान खान समर्थक स्वतन्त्र उम्मेदवारहरूले शनिबार दिउँसोसम्म १०० सिटमा जित निकालेका छन्।

कुल २६६ सिटमध्ये २५२ को नतिजा आइसक्दा इमरान नेतृत्वको पाकिस्तान तेहरिक इन्साफ पार्टी समर्थक १०० उम्मेदवारले नेशनल एसेम्बलीका लागि स्थान पक्का गरेका हुन्।

सेना, अदालत र निर्वाचन आयोगले इमरानमाथि अनेक प्रतिबन्ध र जेल सजायसमेत दिँदा पनि जनमत उनकै पक्षमा गएको छ। पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी इमरान समर्थकभन्दा धेरै पछि परेका छन्। यद्यपि यी दुई दल अहिले गठबन्धन सरकार बनाउने कसरतमा छन्।

पीटीआईले सरकार बनाउने विषयमा गठबन्धनका लागि अन्य दल र सांसदसँग छलफल थाल्दैछ। नवाज शरिफ र भाइ शहवाज शरिफको पकडमा रहेको पाकिस्तान मुस्लिम लिगले ७१ सिट जितेको छ। पूर्वराष्ट्रपति असिफ अली जर्दारी र बेनजिर भुट्टोका छोरा बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले हालसम्म ५२ सिट पक्का गरेको छ। निर्वाचन परिणामलाई धाँधलीका रुपमा हेरेर पीटीआई समर्थकहरू पेशावर र क्वेटामा सडकमा उत्रिएका छन्।

जेलभित्रै बाट ठूलो जनमत बटुलेपछि इमरान खानले विश्व समुदायको धान खिचेकाछन् ।
पिटिआईका अध्यक्ष समेत रहेका खान हाल सत्तामा रहँदा भ्रष्टाचार गरेको अभियोग लगायतका मुद्धामा जेल सजाय काटिरहेका छन् । निर्वाचनको एक साता अघि मात्रै अदालतले उनलाई पटक–पटक गरेर तीन वटा मुद्धामा जेल सजाय सुनाएको थियो । यद्यपी निर्वाचन संगै खानलाई केही राहत मिलेको छ ।

पाकिस्तानी सञ्चारमाध्यम एआरवाईका अनुसार इमरानलाई ९ मेमा भएको हिंसाको घटनासहित १२ वटा मुद्दामा जमानत मिलेको हो। गत मे महिनामाइमरान खानको गिरफ्तारीपछि देशभर हिंसा भड्किएको थियो। पीटीआई कार्यकर्ता र समर्थक सडकमा उत्रिएर खानको रिहाई को माग गरेका थिए। यस क्रममा उनीहरूले सैनिक हेडक्वार्टर र सहिद स्मारकमा हमला गरेका थिए। त्यसपछि पाकिस्तानमा दंगा भड्किँदा कयौं मानिसको ज्यान गएको थियो।

इमरान खान तिनै व्यक्ति हुन् जसको कप्तानीमा सन् १९९२ को पाकिस्तान विश्वकपमा होमिएको थियो । खानकै कप्तानीमा सन् १९९२ को विश्वकप उपाधि पहिलो पटक घर भित्राएको थियो । लगभग दुई दशकसम्म क्रिकेटमा राज गरेपछि इमरान खान संन्यास लिएर राजनीतिमा होमिएका थिए ।

सधै अस्थिर रहने पाकिस्तानको अबको सरकार कस्तो बन्छ भन्ने प्रष्ट खाका बनेको छैन् । तर सेनाको समर्थन पाएका नवाज सरिफ सुरुदेखि नै प्रधानमन्त्रीको रुपमा फर्किने चर्चा भएपनि उनलाई निर्वाचनमा सफलता नमिलेपछि सत्ता सहकार्यका लागि तेस्रो ठूलो दल विलावल भुट्टोलाई सन्देश पठाईसकेका छन् । जहाँ सेनापनि शरिफलाई जुनसुकै हालतमा प्रधानमन्त्री बनाउने तरखरमा लागेको छ ।।