Breaking

कीर्तिपुरको क्रिकेटको रौनक, रोहित, देव र अनिल चम्किए, क्यानडाले दुबै खेल हार्यो (भिडियोसहित)


काठमाडौँ— क्यानडाविरुद्धको तीन म्याचको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । आज कीर्तिपुर मैदानमा लगातार दोस्रो खेलमा जित निकाल्दै नेपालले क्यानडाविरुद्धको सिरिज एक खेल अगाबै जित निकालेको हो । घरेलु मैदानमा टोलीलाई नेपाली सर्मथकहरुको पनि अथाह साथ रह्यो ।

सदाझैं सदावहार नेपाली क्रिकेट प्रेमीहरुको सर्मथनमा नेपालले एक खेल अगाबै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जित्यो । घरेलु मैदानमा शनिबार भएको खेलमा नेपालले क्यानडामाथि ४ विकेटको सहज जित निकालेको हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित निकालेको थियो । तीन खेलको सीरीजमा लगातार दोस्रो जित निकाल्दै घरेलु टोली नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न सफल भएको हो । नेपालको खेल हुँदा सदाबहार क्रिकेट क्रेज पाउने गरेको नेपाली टोलीले आजपनि त्यही माया पायो । संयोग नै मान्नुपर्छ कि शनिबार परेका कारण पनि नेपाल र क्यानडाबिचको खेल हेर्न हजारौँको संख्यामा दर्शकहरु कीर्तिपुर पुगेका थिए ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा ग¥यो । ओपनर अनिल साहले ५० रनको आक्रमक अर्धशतकीय इनिङ्स खेले । अर्का ओपनर आसिफ शेख १० रनमा आउट भएपछि नेपालको इनिङ्स रोहित पौडेल र देव खनालले सम्हालेका थिए । रोहित र देवले तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए । त्यो साझेदारी पनि नेपालको जितको आधार बनेको हो ।

पहिलो खेलमा बलिङमा चम्किएका कप्तान रोहित पौडेल शनिबार भने ब्याटिङमा पनि उतिकै सक्रिय देखिए ।

उनले ८७ र देव खनालले ७६ रनको र्अशतकीय इनिङ्स खेले । भिम सार्र्कीले २३ र पवन सरार्फले १४ रन बनाए । कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे । क्यानडाका हर्ष ठाकर र इश्वरजोत सोहीले समान २ तथा साद बिन जफर र दिलप्रित बाजवाले समान एक विकेट हात पारे ।

कप्तान पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । अलराउन्ड प्रदर्शन गरेका रोहितले प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । पहिलो खेलमा क्यानडालाई ७ रनले हराउन रोहित पौडेलले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा पनि रोहितले नेपाललाई खेलमा फर्काउन राम्रै पापड बेले ।

अनिलकुमार साह भने ओडीआईमा सबैभन्दा छिटो अर्धशतक बनाउने खोलाडी बनेका छन् । १९ बलमा अर्धशतक, नेपालबाट भने सर्वाधिक छिटो ओडीआई अर्धशतक हो । उनले आसिफ शेखको २१ बलमा गतवर्ष पपुवा न्युगिनीविरुद्ध बनाएको अर्धशतकको कीर्तिमान तोडेका छन् । यद्यपि दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट भने साह चुके । अनिल १९ बलमा ५० रन बनाएका उनी बिसौं बलमा भने आउट भए । ओडीआईमा सर्वाधिक छिटो दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमा हानेको दुर्लभ विश्व कीर्तिमान तोड्ने रेकर्डबाट चुके ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । नवनीत धालीवाल र आरोन जोनसनले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । दुवैको उत्कृष्ट साझेदारीलाई डेब्यु खेलाडी आकाश चन्दले तोडेका थिए । उनले नवनीतलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए । नेपालले विकेट झार्नका लागि नीकै संघर्ष गर्नुपरेको थियो । डब्लूसीएल लिग टूको तयारी स्वरुप नेपालले क्यानडासँग तीन म्याचको एकदिवसीय सिरिज घरेलु मैदानमा खेलेको हो । उपाधि नेपालको पक्षमा परेपनि औपचारिकताका लागि तेस्रो खेल भने सोमबार हुनेछ ।