Breaking

हिन्दुत्वको छिनोफानो गर्दै कांग्रेस, महासमिति बैठकपछि होला उथलपुथल ? हिन्दु धर्म बोक्न हानथाप किन ? (भिडियोसहित)


काठमाडौँ— कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काकै लेगेसी बोकेर पार्टीमा हिँडरहेका नेताहरू देशलाई वैदिक सनातन हिन्दु धर्म बनाउनतर्फ लागिरहेका छन् । पार्टीको आगामी महासमिति बैठकमा हिन्दु धर्मलाई नै मूल एजेण्डा बनाउने तयारी उनीहरूको छ । आफ्नै पार्टीबाट राष्ट्रपति र प्रधानमन्त्री हुँदा जारी गरेको संविधानमा उल्लेख धर्म निरपेक्षलाई महासमितिको बैठकपछि बोक्छ वा लत्याउछ ? आम चासो बढेको छ ।

नेपाली कांग्रेसको महासमिति बैठक नजिकिँदै गर्दा धर्मको मुद्दा जोडदार रुपमा उठ्ने देखिएको छ । नीति अधिवेशनसमेत भनिएको बैठकमा कांग्रेसभित्रका हिन्दु पक्षधरहरूले सनातन हिन्दु धर्मको एजेण्डालाई फ्लोरबाटै भए पनि प्रस्तुत गर्ने तयारी गरिरहँदा महासमिति बैठकमा धर्मको विषय निकै पेचिलो हुने संकेत गरेको हो । गणतन्त्र आइसकेपछि धर्मबारे चुइक्क आवाज ननिकाल्ने पार्टी सभापति शेरबहादुर देउवाले नै हिन्दु राष्ट्रबारे ‘ग्रीन सिग्नल’ दिए पछि कांग्रेस भित्रका एक तप्का हौसिएका हुन् ।

गत मंसिर ११ गते नवलपुरमा देउवाले ‘धर्म निरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिने’ अर्थपूर्ण अभिव्यक्ति दिएपछि लामो समयदेखि पार्टीभित्रै हिन्दु धर्मको वकालत गर्दै आएका नेताहरू महासमितिको सम्मुखमा ‘हिन्दु राष्ट्र महाअभियान’ नै घोषणा गरेर लागिपरेका छन् । हिन्दु राष्ट्रका लागि पार्टीभित्र संघर्ष गर्दै आएका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारी कुनै पनि हालतमा हिन्दु राष्ट्रको एजेन्डामाथि छलफल हुने र निष्कर्षमा पुग्ने दाबी गर्छन् । फागुन सातदेखि ११ गतेसम्म चल्ने महासमिति बैठकमा फ्लोरबाटै भए पनि कुरा उठाउने तयारीमा रहेका महाअभियानका नेतृत्वकर्ता भण्डारी यदि कांग्रेसले यसलाई अवमूल्यन ग¥यो भने परिस्थिति नियन्त्रणबाहिर जाने चेतावनी पूर्ण टिप्पणी गर्छन् ।

कांग्रेसभित्र धर्मको मुद्दामा नेताहरूका विचारमा समानता छैन । कांग्रेसमा धर्मलाई लिएर तीन धार छन् । गगन थापा, मीन विश्वकर्मा लगायतका नेताहरू अहिलेकै यथास्थिति अर्थात् निरपेक्षको समर्थन गर्छन् भने शेखर कोइराला, विमलेन्द्र निधि, एनपी साउद, चन्द्र भण्डारी जस्ता नेताहरू हिन्दु राष्ट्र चाहन्छन्, त्यस्तै शशांक कोइराला संविधानमा ‘धर्म स्वतन्त्र’ राख्नुपर्ने पक्षमा छन् । तर, कांग्रेस पृष्ठभूमिकै राष्ट्रपति र कांग्रेसकै नेतृत्वको सरकारले जारी गरेको संविधान पूर्ण कायान्र्वनको पक्षमा केही कांग्रेसका नेताहरू छन् । धर्मको कुरा उठ्दैमा कांग्रेस धर्मनिरपेक्षताबाट पछि हट्न नसक्ने उनीहरूको टिप्पणी छ । सुशील कोइरालालाई यस संविधानको पिताको रुपमा मात्रे कांग्रेसभित्र उनकै नेतृत्वको सरकारले जारी गरेको संविधानलाई उल्टाउनु पर्ने आजाव उठेको छ ।

कुनै आन्दोलन र नागरिकको माग बिना नै धर्म निरपेक्ष राष्ट्र भएको नेपालमा अहिले हिन्दु राष्ट्रको लहर चलेको छ । राप्रपाले हिन्दु राष्ट्रको मुद्दा छोडेको छैन भने कमल थापा र दुर्गा प्रसाईंलगायत पनि हिन्दु राष्ट्रका लागि आवाज उठाउँदै आइरहेका छन् । २०६४ मा संविधान जारी भएसँगै हिन्दु राष्ट्र हटेर एकाएक धर्म निरपेक्ष बनेको नेपालमा धर्म निरपेक्षताको एजेण्डा कसरी र कहाँबाट आयो तत्कालीन सांसद् नै अनविज्ञ छन् । धर्मनिरपेक्षलाई न तत्कालीन समयमा सशस्त्र गतिविधिमा रहेको माओवादीले आफ्नो एजेण्डा बनाएको थियो न त दिल्लीमा भएको १२ बुँदे सम्झौतामा नै यो कुरा समावेश थियो ।

तर, गणतन्त्र स्थापनासँगै एकाएक यसलाई संस्थागत गर्ने काम भयो । त्यसैलाई कांग्रेसको नेतृत्वमा ०७२ सालमा बनेको संविधानमा पनि निरन्तरता दिइयो । तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला हुँदा जारी भएको संविधानको सबैभन्दा ठूलो जस कांग्रेस आपैmँले लिने गरेको छ । त्यही संविधानमा उल्लेख धर्म निरपेक्षलाई कांग्रेसको महासमिति बैठकपछि पार्टीले कायम राखे पनि लत्याएर हिँडे पनि ठूलै उथलपुथलको संकेत गरेको छ । गोदावरीमा बस्ने महासमिति बैठकले यसको निक्र्यौल कसरी गर्ला आम नागरिकको चासो छ ।