Breaking

माओवादी केन्द्र संसदीय दलको बैठक जारी


काठमाडौँ सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको हो ।

बैठकमा आजदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिकाका विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।