Breaking

नारायणहिटीमा ज्ञानेन्द्रको जयजयकार, चुनाव लड्न माधवको निम्तो, धवल–दुर्गाको गणतन्त्रमाथि धावा (भिडियोसहित)


काठमाडौँ— केही दिनदेखि चलेको राजावादी र गणतन्त्रवादीको भिडन्तमा यतिबेला दुई कित्तामै एकले अर्कालाई दोषारोपण गर्नेदेखि दरबार हत्याकाण्डसम्मको दोषि देखाउने तहसम्मै पुगेको छ । राजनीतिक भाषण र सडकमा समेत कुर्लिएका नेताहरु एकले अर्कालाई सक्नेसम्मको चेतावनी दिन थालेका छन् ।।

केही दिन यतादेखि राजावादीहरु एकीकृत हुँदै सडकदेखि सदनसम्मै राजसंस्थाको वकालत गरिहिडेकाछन् । उनिहरुको मथिङगलमा अहिलेको
बेथिति र अराजकताको कारणनै गणतन्त्र भएको र चिरहरण गर्नु पर्ने बलियो आवाज छ । फलतः पूर्वराजा ज्ञानेन्द्र शाह पनि यहि मौकामा हौसिएर मन्दिरदेखि मुसहर बस्ती हुँदै नागरिकको जन विश्वास जित्नेदेखि आफूमाथि लागेको हिलो पखाल्नकै लागि भाषणबाजीमा उत्रिएका छन् ।
ठाउँठाउँमा राजावादी नेतालाई जमघट गरेर जयजयकार गराउन लगाउनु उनको दैनिक जस्तै बनेको छ। यद्यपी यही भिडमा बैंकको ऋणले पिरोलिएर व्यापारीबाट महाअभियान्ता भएका दुर्गा प्रसाईहरुको उदय भएको छ।

गणतन्त्रका लागि बन्दुक किन्न पैसा दिएको ध्वास दिने मेडिकल व्यवशायी प्रसाईँको मंसिरको आन्दोलन राजावादीकै कारण तुहिएको विश्लेषणका बीच आज भने उनैको अभियानमा राप्रपाका महामन्त्री धबलशमशेर राणाले नारायणहिटी अगाडी उभिएर पूर्वराजा पुकारेपछि प्रसाईँ सफल भएको विश्लेष सुरुभएका छ।

श्री ५ बडा महाराजधिराज सरकारको जयजय भन्दै, स्वर खासिउनजेल कराउने यी, यही व्यवस्थाको जगमा टेकेर गणतन्त्रको बलमा संविधानले प्रदत गरेको अधिकार प्रयोग गरेर माननीय भएका संघिय सांसद हुन् । यीनले संविधानको धारामा टेकेर राज्यको हित अनुकुल स्वार्थ नराखी देश र जनताको पक्षमा काम गर्छु भनेर सपथ खाएकाछन् । तर राजा बोकेर नथाकेका यीनको धङधङी अधmै कायम छ । तथापी ज्ञानेन्द्र नारायणहीटीमा फर्कन्छन् फर्कदैनन् तर धवल शम्शेरहरुलाई मनको लड्डु घिउसंग चोपेर खाने सुविधा छ । यहीले यो भिडमा धवल सम्शेरको उपस्थितीले राजाचै तथैबच तर राप्रपा दुर्गा प्रसाई बोक्न राप्रपा बाध्य भएको छनक दिएको छ ।

फुटको संघारमा रहेको राप्रपा आफै राजा फर्काउने आन्दोलनको तयारी गरिरहेको बेला शनिवारको यो दृश्यले केही एकत्रित भएको सन्देश दिएको छ ।

विरगञ्जमा पूर्व राजाले श्रीपेच खोजेपछि हौसिएका राजावादीहरु विभिन्न अभियानदेखि स्वतन्त्र छबि बनाएसम्मलाई राजतन्त्रको वकालत गर्न विभिन्न ढङ्गमा सक्रिय छन् । सायद यसैको मेसो पाएर होला गणतन्त्रवादीहरु समेत खुल्ला रुपमै राजालाई चेतावनी दिनेदेखि देश निकाल्नेसम्मका धम्की दिन थालेका छन् । प्रधानमन्त्री प्रचण्डदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, बाबुराम भट्टराई जस्ता नेताहरु राजावादीमाथि जाइलाग्न थालेका छन् । यता हिन्दु धर्मको पक्षमा वकालत गरेका कांग्रेस सभापति देउवाको मौनता भने यो हद नाघ्दा समेत कायमै छ । देश नै चलाउने भने हो भने राजा बन्ने सपना छाडेर चुनाव लडेर प्रधानमन्त्री बन्न पूर्व राजा शाहलाई माधव नेपालले सुझाव नै दिएकाछन ।

यसरी केही दिनदेखि दरबार हत्याकाण्ड मात्रै बल्झिएको छैन् कि राजावादी र गणतन्त्रवादीको शक्ति संघर्ष पनि चुलिँदो देखिन्छ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुने भएकाले यसको विकल्प बैज्ञानिक युगमा खोजिनु अस्थिरताको संकेत मात्रै हो । तर गणतन्त्र आएको दुई दशक बित्न लाग्दा समेत गणतन्त्रलाई संस्थागत गर्न चुकेका दलहरु बेवास्ता फेरेको उपलब्धिलाई जनताको अवस्थासँग मिलाउन नसके यो शक्ति संघर्ष केही दिन चर्किने देखिन्छ ।।