Breaking

अरुण चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो


काठमाडौँ – सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ ।

महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बतायो । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको सीआईबीको दाबी छ ।

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतबाट फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको थियो ।

पक्राउ परेकामध्ये थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो । यही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् ।उनलाई आज (शुक्रबार) अदालतमा हाजिर गराउने तयारी छ ।