Breaking

बाँसबारी जग्गा प्रकरण : सीआईबीले ३ महिनादेखि गरिरहेको थियो अनुसन्धान


काठमाडौँ – बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले तीन महिनादेखि अनुसन्धान गरिरहेको पाइएको छ ।

१० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक ९एसपी० होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको सीआईबीकी निर्देशक किरण बज्राचार्यले जानकारी दिइन् । उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरु संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो । एक चरणको अनुसन्धान सकेपछि बिहीबार व्यवसायी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेको छ ।

पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको सो जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । पक्राउ परेका चौधरी चाँदबाग रिजेन्सी प्रालिको सदस्य छन् । चाँदबाग रिजेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर पनि सीआईबीको नियन्त्रणमा छन् ।