Breaking

भुटानको पारो एफसीलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा


काठमाडौँ— भुटानको पारो एफसीलाई हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा पारो एफसीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

पोखरा रंगशालमा निर्धारित समयमा खेल गोलरहित बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थ्री स्टारका आसिश चापागाई दुई गोल गर्दै टिमलाई जित दिलाए ।

आसिशले खेलको ११४ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ११९ औं मिनेटमा गोल गर्दै टिमलाई सेमिफाइनलमा पुगाए ।

थ्री स्टारले अब सेमिफाइनलमा जावलाखेल र मनाङबीचको विजेतासँग खेल्नेछ ।