Breaking

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


काठमाडौँ— पोखरा महानगरपालिका–७ राष्ट्र बैङ्क चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालिका बागलुङ तमानखोला गाउँपालिका–१ घर भएकी ४५ वर्षीय समिता आलेसमेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।