Breaking

राष्ट्रियसभा निर्वाचन : वाग्मतीमा पाँचजना अनुपस्थित


काठमाडौँ – राष्ट्रियसभा निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा भएको निर्वाचनमा पाँचजना मतदाता अनुपस्थित भएका छन् ।

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार स्थानीयतहतर्फ तीनजना र प्रदेशसभातर्फ दुईजनाले भोट खसालेनन् ।

उनका अनुसार मतदानको समयावधिभित्र प्रदेशसभाका ११० मध्ये १०८ जनाले मात्रै भोट खसालेका छन् । त्यस्तै, स्थानीयततर्फ २३७ मतदातामध्ये २३४ जनाले मत खसालेका छन् । वाग्मतीमा चार पदका लागि चुनाव भएको हो ।