Breaking

धनगढीमा पाँच तले घरबाट हाम फालेका व्यवसायीको मृत्यु


काठमाडौँ— धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ ।

छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हाम फालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक विवादका कारण उनले आज विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।