Breaking

३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन, हाजिर हुन ताकेता


काठमाडौँ – नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ ।
सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक , २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् । गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

प्रहरी प्रधान कार्यालयले हाजिरी हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् । सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिरी भएका छैनन् ।