Breaking

२२ माघमा संसद अधिवेशन बोलाउन सरकारको सिफारिस


काठमाडौं — सरकारले २२ माघमा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले २२ माघमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।