Breaking

आक्रामक रवि, प्रहरीसँग छैन प्रमाण, रवि सकिँदा ठूला दलमा खुसियाली ?


काठमाडौँ – रास्वपाका सभापति रवि लामिछाने संसदीय राजनीतिमा आएको बल्ल एक वर्ष मात्र भएको छ । तर, उनको एक वर्षे यात्रामा उनी एक पटकमात्रै होइन बारम्बार विवादमा तानिएका छन् । विकल्पको राजनीति गर्न आएका रविलाई उनको विगतले उल्झनमा त पारेको छ नै आफैँले स्थापना गरेको पार्टीलाई समेत टाउको दुखाई बनेको छ ।

विकल्पको राजनीति गर्ने भन्दै नेपालको राष्ट्रिय राजनीतिमा पाइला टेकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भत्रु नै विवाद जस्तै भएको छ । अध्याँरोमा पनि छायाँले साथ छोड्छ तर, विवादकै पर्याय जस्तो बनेका रविलाई विवादले छोड्न सकेको छैन । कहिले नागरिकता र राहदानीको विवाद त कहिले बहु विवाहको आरोप । बल्लतल्ल सबै समस्या साम्य हुँदै गएको जस्तो देखिरहँदा अहिले फेरि सहकारीको रकम हिनामिनाले उनको माथा गरम गरेको छ । सहकारीको रकम हिनामिनामा आफ्नो कहिकतै संलग्नता नरहेको दाबी गर्दै आएका रविले सहकारीबाट रकम बुझेर आफ्नो गोर्खा मिडियामा लगानी गरेको र त्यही लगानी गरेको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख आफ्नो खातामा आएको तथ्य बाहिरिएपछि लामिछाने थप दबावमा परेका छन् । सहकारी विवादमा सर्तसहित सहकारी पीडितलाई सम्झाए पनि पोखरामा खोया खाएका रविले चितवनका सहकारी पीडितलाई आश्वासन बाडेर आश्वस्त त पारे तर, श्रृंखलाबद्ध रुपमा एक पछि अर्काे संलग्नताका प्रमाणहरू बाहिरिएपछि दबाबमा परेका उनले सम्पूर्ण गाली गलौजहरू सुरक्षित राख्न र पछि कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ भन्दै स्पष्टीकरण दिएका छन् ।

राजनीतिमा आएको एक वर्षको दौरानमा रविमाथि विवादै विवादको चाङ छ । छोटो समयमा नै संसदीय राजनीतिमा चौथो शक्ति भएर उदाएको रास्वपालाई आफ्नो तगारो मात्रेहरूमा यसले केही हदसम्म भए पनि खुशी मिलेको छ । परम्परागत दलको विकल्प मानिएको रास्वपा र नेतृत्वलाई व्यंग्य गर्ने अवसर पाउँदा उनीहरू त्यसको भरपुर सदुपयोग गरिरहेका छन् । गृहमन्त्री भएको सन्दर्भलाई इंगित गर्दै सधैँ बम्पर उपहार नमिल्ने बताएका एमाले नेता महेश बस्नेतले रविको राजनीति सकिएको र अब म्यानपारव र कन्सल्टेन्सी खोल्न सुझाव दिएका छन् ।

राजनीतिक रुपमा एउटा उद्देश्य लिएर हिँडेका रविलाई विगतमा आफैँले गरेका व्यक्तिगत घटनाले समस्याको उल्झनमा पारेको छ । तर, ललिता निवासमा माधवकुमार नेपाल र बाबुराम भट्टराई मुछिएको र अन्य भ्रष्टाचारमा पनि चुर्लुम्म डुबेकाहरू यहाँ खुलेआम हिडिँरहेका छन् । अझ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चासिंहदेखि विप्लवविरुद्ध पक्राउ पुर्जी नै जारी हुँदा पनि नियन्त्रणमा लिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सक्रियता देखाएका छैनन् । हत्याको अभियोग लागेर अदालतले पक्राउ गर्न आदेश दिँदा पनि बेवास्ता गरेका गृहमन्त्रीले ठूला सहकारी ठगीको हकमा भने सीआईबीलाई छानविन गर्न निर्देशन दिनु पूर्वाग्रह नै साधेको रविका समर्थकहरुको बुझाई छ । नेपालका शीर्षस्थ नेताहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाको टाउकोमा पनि भ्रष्टाचारदेखि हत्यासम्मको आरोप छ । तर, निशाना रवि मात्रै परिरहेको जानकारहरू बताउँछन् ।

रविलाई अनेक दोष लागेपछि राजनीतिमा विकल्पको चरित्रमा नै शंका उब्जेको छ । विकल्पको नेतृत्व गर्ने नै पटक–पटक विवादित भइरहँदा विकल्प खोज्न चाहेकाहरूले पनि विकल्प खोज्न सकेका छैनन् । विकल्पको राजनीति गर्न आएका रविलाई उनको विगतले उल्झनमा त पारेको छ नै आफैँले स्थापना गरेको पार्टीलाईसमेत टाउको दुखाई बनेको छ । हिजो माधव, बाबुराम जस्ता नेताहरू डामिएकै कारण रविलाई रोजेका नागरिकमा रवि पनि अनियमिततामा मुछिदा सबै उस्तै रहेछन् भत्रे सन्देश जानेमा विकल्पिक शक्तिमा डर छ ।

बारम्बारको आरोपले रविलाई सकस त परेको छ नै त्यसले रास्वपा पनि संकटमा पारेको छ । रविको यो पछिल्लो सहकारी काण्डले उनलाई र उनको पार्टीको भविष्यमाथिसमेत प्रश्न उठ्न थालेको छ । यस्तो अवस्थामा उनले पत्रकार सम्मेलन गरेर दिँदै हिँडेको स्पष्टीकरणले कति सकारात्मक सन्देश दिन्छ ? र सहकारी काण्डबाट उनी कसरी चोखिन्छन् त्यो भने भविष्यले नै निर्धारण गर्ला । तर, देश बनाउँछु भनेर हिँडेका रविमाथि पाइला पाइलामा थापिएको धराप पन्छाउँदै उनले विगतमा गरेका गल्तीलाई सच्याएर विवादरहित बन्नसक्नु उनका लागि चुनौती देखिन्छ । हामी यति मात्रै भन्न सक्छौँ आगे भगवान जाने ।