Breaking

भारतको सर्वोच्च अदालतले भन्यो-राम मन्दिरको प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण नरोक


काठमाडौँ – भारतको सर्वोच्च अदालतले अयोध्यामा सोमबार राम मन्दिरको प्राणप्रतिष्ठाको टेलिभिजनमा गरिने प्रत्यक्ष प्रसारण नरोक्न भनेको छ । तमिलनाडुमा प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण रोक्न गरिएको मौखिक आदेशविरुद्ध दायर रिटमा सर्वोच्चले उक्त आदेश बाध्यकारी नभएको स्पष्ट पारेको हो ।

भारतकी अर्थमन्त्री निर्मला सीतारमणले राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा तमिलनाडुको मन्दिरमा प्रत्यक्ष प्रसारणमाथि रोक लगाइएको बताएकी थिइन् । सीतारमणले आइतबार तमिल अखबारलाई उद्धृत गर्दै राज्य सरकारले रोक लगाएको आरोप लगाएकी थिइन् । तमिलनाडु सरकारले यसअघि नै प्रत्यक्ष प्रसारणमा कुनै रोक नलगाइएको जनाएको थियो । तमिलनाडु सरकारले उक्त रिट राजनीतिक रूपले प्रेरित भएको जनाएको छ ।