राजनीति

काठमाडौंको तापक्रम वर्षकै कम


काठमाडौँ – काठमाडौँको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । काठमाडौंमा २०८० र सन् २०२४ मा यो तापक्रम अहिलेसम्मकै कम भएको बताईन् ।