समाचार

प्रदर्शनमा रहेका नेविसंघका १७ कार्यकर्ता प्रहरी नियन्त्रणमा


काठमाडौं । माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्रमा भेला भएर विरोध प्रदर्शन गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रदर्शन गर्ने १७ जनालाई नियन्त्रणमा लिएको छ । निषेधाज्ञा जारी भए पछी कुनै पनि प्रदर्शन, जुलुस, धर्ना गर्न नपाइने प्रशासनले जनाएको हो ।

झन्डा र प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर नारा लगाएका थिए ।।