Breaking

संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन भएन : सभामुख घिमिरे


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरु क्यालेण्डरअनुसार सञ्चालन गर्ने प्रयास भएपनि सफल नभएको बताए ।

आईतबार संसदीय समितिका सभापतिहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदीय समिति क्यालेण्डर बनाएर सञ्चालन गर्ने प्रयास भएपनि व्यवहारिक हुन नसकेको बताए । उनले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभपतिहरुसँग छलफल भएको बताए ।

हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको सभामुखले उल्लेख गरेकाछन् । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले एकैदिन धेरै समितिले मन्त्रीहरुलाई बोलाउँदा मन्त्रीहरुलाई समय निकाल्न कठिन भएको बताए ।