Breaking

राम मन्दिर विवादले भारतनै विभाजित,मोदी र राहुलकै टक्कर, शंकराचार्यकै बहिस्कार,नेपालको शिला अटेन (भिडियोसहित)


काठमाडौँ— रामको जन्मभूमि अयोध्यामा बनेको राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ यही माघ ८ गते सोमबार हुँदैछ । तर यसको मिती नजिकिएसंगै विवाद थप झाँगिदै छ ।, भारतमा दुईधार देखिएका हिन्दुहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विवादको कारक मानेकाछन् ।

शक्ता र शक्ति संचित गरेर राजकाजमा विराजमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठाको विषयमा आफ्नै हात जगनाथ गरेको भन्दै हिन्दुबादीहरु विभाजित भएकाछन् ।
रामको जन्मभूमि अयोध्यामा बनेको राम मन्दिरको ‘प्राण प्रतिष्ठा’ माघ ८ गते (जनवरी २२) मा हुँदैछ । प्राण प्रतिष्ठा गर्ने मिति जति नजिकिँदै छ त्यति नै यसले तरंग पैदा गरेको छ । फलतः यसको बाछिटा अहिले नेपालसम्म आईपुगेको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका दुई दर्जनभन्दा बढी केही धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा सहभागी हुन निम्तो दिएको छ ।

भारतका विपक्षी पार्टीहरुले प्रधानमन्त्री मोदीको यो सक्रियतालाई आगामी आम निर्वाचनसँग जोडेर पनि हेर्न थालेका छन्। समाजवादी पार्टीका उत्तर प्रदेश महासचिव तथा पूर्व राज्यमन्त्री जयशंकर पांडेले ’सत्ताधारी भारतीय जनता पार्टीले रामको नाममा भोटको राजनीति गरिरहेको आक्षेप लगाएकाछन् ।

सनातन धर्म र मर्यादा पुरुषोत्तम राम सबैको भएकोमा मोदीले आफ्नो खोपीको जस्तो गरेर अपनत्व लिन खोजेको भन्दै विपक्षिले आलोचना सुरु गरेकाछन् । यो बहस वा, विवादमा अब राजनीतिक दलमात्रै नभएर ठूला धर्मगुरुसमेत मिसिएकाछन् । तथापी नेतृत्वको हिसावले मोदीलाई मुछिएको छ ।

तीर्थ क्षेत्र ट्रस्टले भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त–महन्थलाई प्राण प्रतिष्ठामा निमन्त्रणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।निमन्त्रणा पाएका केहीले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्। केहीलाई भने जानी बुझिकन निमन्त्रणा गर्न छुटाइएको छ, जसले भारतका हिन्दुहरुबीच विभाजनको रेखा कोरेको छ। प्राण प्रतिष्ठामा गरिएको निमन्त्रणाले भारतमा भाजपा निकट हिन्दु र अन्य पार्टी निकट हिन्दु भनि कित्ताकाट गर्न सुरू भएको छ ।

कांग्रेसबाहेक चारजना शंकराचार्यले राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रममा आउन अस्वीकार गरेका छन् । ज्योतिर्मथ शंकराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले माघ ८ गते हुने प्राण प्रतिष्ठा कार्यक्रममा भारतका चारवटै शंकराचार्य सहभागी नहुने बताएका छन् ।

यद्यपि दुई शंकराचार्यले विज्ञप्ति जारी गर्दै सबैलाई कार्यक्रममा उपस्थित हुन भने आग्रह गरेका छन् । मान्यता अनुसार शंकराचार्य हिन्दू धर्मको सर्वोच्च धार्मिक गुरूको पद हो ।

अयोध्याको राम मन्दिरमा मूर्ति बनाउन नेपालबाट पनि शिला लगिएको थियो, जसलाई लिएर पनि अहिले विभिन्न कोणबाट बहस चलिरहेको छ । रामको मूर्ति बनाउन कालीगण्डकीबाट विशाल दुईवटा शिला अयोध्या लगिएको थियो । यी दुई शिलाको वजन १४ र २७ टन थियो । यी शिलाहरु जनकपुरको जानकी मन्दिर हुँदै अयोध्या पठाइएको थियो ।

सुरुमा यी ढुङ्गाबाट राम मूर्ति बनाउने कुरा बाहिर आएको थियो तर पछि रामको मूर्ति बनाउन यी ढुङ्गाहरू उपयुक्त नभएको बताइयो । भारतीय मिडियाका अनुसार यी ढुङ्गाबाट मूर्ति नबनाउनुको एउटा कारण राम मन्दिरसँग सम्बद्ध सन्तहरूले व्यक्त गरेको आपत्ति थियो ।कालीगण्डकीका शिलाहरु शालिग्राम बराबर भएकाले फुटाउन नहुने भएकाले मूर्ति बनाउन यी शिला प्रयोग गर्न नसकिने तर्क सन्तहरूले राखेका थिए । पछि ती शिलाको प्राविधिक परीक्षण पनि गरियो ।

मूर्तिकारहरूले ‘यस्तो शिलाबाट मूर्ति बनाउन सम्भव छैन’ भनेपछि अन्य ढुङ्गाबाट मूर्ति बनाइएको थियो । शिला उपयुक्त नभएपछि दुवै शिला राम मन्दिर निर्माण स्थल नजिकै राखिएको छ । तथापी नेपालबाट लगिएका शिला उपयुक्त थिएन भनेसुरुमै परिक्षण नगरी किन उठाईयो भन्ने प्रश्न अहिले चौतर्फि उठेको छ ।