Breaking

प्रचण्डलाई घेराबन्दी गर्दै ओली–राजेन्द्र र रवि,किन डराएन सरकार ?एमालेले चाहेको के हो ? (भिडियोसहित)


काठमाडौँ— यतिवेला प्रतिपक्षी दलहरु सडकमा जाने तयारीमा छन् । कोहि व्यवस्था कै विरुद्ध कोहि सरकारका विरुद्ध उत्रिने तयारीमा रहेका उनीहरुका रणनिनि आ–आफ्नै छन् । जहाँ भाग खोजेर केहि लजाएको एमाले समेत खरो रुपमा प्रस्तुत हुने बाटोमा अघि बढ्दा सरकारलाई भने प्रतिपक्षी दलहरुको यहि विभाजित मानसिकताले फाईदा नै पुगिरहेको छ ।

केहि समय अघि झुलाघाट चिवाभज्याङ यात्रा गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अव सरकारविरुद्ध सडकमा जाने तयारीमा छ । सरकारको प्रतिक्रियाअनुसार दबाबको दायरा बिस्तार गर्ने लक्ष्य राखेको एमालेले आन्दोलन गृहकार्य पनि सुरू गरेको छ।यसको विस्तृत कार्ययोजना केन्द्रीय कमिटीको बैठकबाट तय गर्ने बाटोमा रहको उसको आन्दोलन माघ अन्तिम साताबाट सुरु हुने चर्चा छ । अर्थात राष्ट्रिय सभामा भाग खोजेको लाज माघ ११ को निर्वाचनपछि पच्ने भएरै होला उसले माघलाई नै आन्दोलनको प्रस्थान महिना बनाउने तयारी गरेको बुझिन्छ । जहाँ मिसन ८४ भन्दै हिडेका अध्यक्ष केपी शर्मा ओलीले नै त्यतिन्जेल पर्खिन नसक्ने भन्दै मध्यावधीकै तयारी गर्न कार्यकर्तालाई दिएको निर्देशनले नै उसको सडक यात्राको वजन विश्लेषण गर्न सकिन्छ ।

त्यसअघि अघि २४ पुसमा जनवर्गीय संगठनका प्रमुखहरूलाई पार्टी कार्यालयमा बोलाएर महासचिव शंकर पोखरेलले आन्दोलनको वार्मअप सुरु गर्न निर्देशन दिएका थिए । त्यस्तै ओलीले नै २ माघमा पार्टी कार्यालयमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रममा
गठबन्धन सरकार फाल्ने समय आएकोभन्दै सिठी फुक्नासाथ सडकमा निस्किन कार्यकर्तालाई उर्दि जारी गरेकाछन् । सुरूमा प्रदेशहरूमा विरोध सभा र आवश्यक पर्दा जनतालाई सडकमा उतार्नेसम्मको तयारी गरेको एमाले प्रतिपक्षी छ भन्ने देखाउन पनि सडकमा जानै पर्ने बुझाईमा छ ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टिले पनि आन्दोलन थालिसकेको छ । यद्यपि औपचारिक र निर्णायक आन्दोलन फागुनमा हुने बताएको उसले त्यतिवेला यो व्यवस्था नै उखलेर फाल्ने सपना देखिरहेको छ । अर्थात फागुनमा सरकारमात्र हैन देशमै उथलपुथल गर्ने उसको सपना छ । त्यस्तै एमालेकै सिको गर्न अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी पनि लागेको छ । सडक यात्रालाई दवावको आधार बनाएका सभापति रवि लामिछाने अघि बढेका छन । यसअघि पुस १२ गतेसम्म‘नारायणगढ–बुटवल पदयात्रा’ नाम दिएर तीनदिने अभियान चलाएका उनी यसैलाई विस्तार गर्ने बाटोमा छन् । फलत ः बुधवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्न २७ आयोजनाको प्रारम्भिक सूची समेत सार्वजनिक गरेको छ ।कार्यक्रमको सम्भावित प्रारूप र मितिसमेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल पनि बनाइएको छ भने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ।

तर सवै प्रतिपक्षी सडकमै जादै गर्दा सरकारलाई भने खासै असर गर्ने अवस्था छैन् । अझ गज्जब त उनीहरुको सवैको नाडी प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले छामिसकेका छन् । किनभने एमाले भाग पाए कहाँसम्म जान्छ भन्ने उनले राष्ट्रिय सभा चुनावनमै देखाईदि सकेका छन् । त्यस्तै रास्वपा भित्र सरकारमा जान लागी पर्ने बाहिर सडकमा जाने गरिरहेको छ । त्यो भन्दा गज्जब त राप्रपा संघियताकै मुख्य आधार प्रदेशमा पद खान हतारिदा उसको व्यवस्था विरोधी आवाजको वजन सवैलाई थाहा छ । त्यसमाथि पनि एक हुन नसकेका र आफैमा भिडिरहेको प्रतिपक्षी दलको फरक फरक बाटो सरकारका लागि अर्को आनन्दको विषय बनिरहेको छ ।