Breaking

मधेशीको रगतले मधेशवादी सत्तामा, उपेन्द्र र सीके भिड्दै, महन्थ र राजेन्द्रको बिलय, मन्त्रीको मस्ती (भिडियोसहित)


काठमाडौँ— मधेशको मुद्दा बोकेर राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्र यादव र सिके राउतबीचको राजनीतिक टकराव बढ्दो छ । केन्द्रदेखि प्रदेशमासमेत सत्ता साझेदार जनमत र जसपाको लडाई अहिले छताछुल्ल अवस्थामा पुगेको छ । मधेशको सर्वेसर्वा नेता बनेर राष्ट्रिय राजनीतिमा बार्गेनिङ क्षमता बढाउने मुख्य रणनीतिसहित अघि बढिरहेका यी दुई नेताबीचको झगडा अहिले रमिता बनिरहेको छ ।

गत आम निर्वाचनमा अप्रत्यासित ढंगले त्यो पनि दोब्बर मतान्तरसहित उपेन्द्र यादवलाई हराउँदै निर्वाचन क्षेत्र छाड्न बाध्य बनाएका सिके राउत हात धोएरै उपेन्द्रको पछि लागेका छन् । आफूले जितेको निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा उपेन्द्रलाई प्रमुख अतिथि बनाएपछि सार्वजनिक रुपमा विरोधमा उत्रिएका राउत नेतृत्वको जनमत पार्टी आफैँ सत्ता साझेदार भएरै प्रदेश सरकार प्रमुखको विरोधमा नाराबाजी लगाउन अगाडि बढ्यो । जसपा नेतृत्वको सरकारमा मन्त्री खाएरै मन्त्रीद्वय महेश प्रसाद यादव र चन्दन सिंहकै अगाडि त्यो पनि स्वाभिमान दिवसका दिन अर्को नाटक मञ्चन गरे ।

जसपाकै कारण मधेश आन्दोलन ध्वस्त भएको आरोप पुरानो बनिसकेकोे छ । जसपाका मुख्यमन्त्री र अर्थ मन्त्रीले मिलेर योजनाहरु चलाउन नदिएको उनीहरुको आरोप छ । आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सुनाउन आयोजित कार्यक्रममा सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ता नाराजुलुसमा उत्रिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले जनमतका मन्त्रीहरुलाई सरकार छाडेर जान दबाब दिएका छन् ।

मधेशलाई राजनीतिक भ¥याङ बनाएर कहिले एमाले त कहिले माओवादी च्याप्दै सधँै सत्ता यात्रामा रहेका उपेन्द्र यादव मत खुम्चिए पनि प्रचण्डको पछि लागेकै कारण मधेशको मुख्यमन्त्रीदेखि उपराष्ट्रपति पद हुँदै राष्ट्रिय सभामासमेत एक सिट सुरक्षित गर्न सफल भएका छन् । बारा दुईमा उपनिर्वाचन जित्दै सिके राउतसँग हारको बदला लिएका उपेन्द्र चुपचाप एकपछि अर्को जितको झड्का दिँदै अगाडि बढिरहेका छन् ।

गठबन्धनमा टाँसिएर गठबन्धनलाई नै गाली गर्दै भागबण्डामा एकले अर्कालाई रोक्ने र छेक्ने क्रम यी दुई दलबीच तीव्र छ । राष्ट्रिय सभाको सिट उपेन्द्रले उछिनेपछि सिकेले गठबन्धनविरुद्ध नै बागी उम्मेदवार उठाएका छन् । सत्ता गठबन्धनको भागबन्डामा सिट नपाएपछि जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा उम्मेदवार उठाएको हो । मधेश प्रदेशमा उठाइएका जनतमको उम्मेदवार गठबन्धनविरुद्ध भन्दा पनि जसपाविरुद्ध बढी लक्षित देखिन्छ । उनीहरुको यो लडाईलाई राजनीतिक प्रतिस्पर्धा मात्र भएको विश्लेषकहरुको तर्क छ ।

मधेशको मसिहा ठान्ने तर मधेशी जनताका लागि माखो नमारेका यी दुई राजनीतिक दलले मधेशको मुद्दा बोकेर राष्ट्रिय राजनीतिमा पुग्ने भ¥याङ मात्र बनाउँदै आएका छन् । जति नै चुरीफुरी गरे पनि मधेशको मत बाहेक अन्य क्षेत्रमा उनीहरु बिक्न सकेका छैनन् । मधेश हुँदै जातीय पहिचानको मुद्दा उठाएर देशभर जनमत बटुल्ने उपेन्द्रको लक्ष्य असफल भइसकेको छ । मधेशलाई छुट्टै राज्य बनाउनु पर्ने विवादित एजेन्डा लिएर चर्चा बटुल्दै राजनीतिमा उदाएका सिके राउत आफ्नो विरासत जोगाउन संघर्षरत त छन् । यता उपेन्द्र पनि पार्टीको साख जोगाउनमै सक्रिय छन् भने सत्ता र शक्तिको पहुँचलाई कामय राख्नु उनको सधैँ ध्याउन्न हुने गरेको छ ।