Breaking

गणतन्त्रका तरमारा राजावादी बन्दै, किन भयो व्यवस्था घाँडो, ज्ञानेन्द्रलाई अवसर आएकै हो ? (भिडियोसहित)


काठमाडौँ— देशमा हिन्दु धर्म र राजतन्त्र फर्किने हल्लाकाबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुनमा अन्तिम आन्दोलन गर्ने घोषणा नै गरेको छ । उता भारतलेपनि नेपालको धर्म निरपेक्षता हेर्न नचाहेको चर्चा छ । यसबीचमानेपाली कांग्रेसकै नेताहरुसमेत व्यवस्थामाथि खतरा देख्न थालेका छन् । तर गज्जब त उनीहरु सबै गणतन्त्रको सुविधामा ढलीमली गरिहेका छन् । यस्तो अवस्थामा कस्तो राजा कसरी फर्किन्छन्? भारतले फर्काउने राजाले यो देशमा कायापलट नै गर्छन् त ?

नेताका कार्यशैलीले आम नागरिकमा देखिएको वितृष्णालाई क्यास गर्न लागि परेकाहरु व्यवस्था नै बद्लिनु पर्ने रटान लगाउन थालेका छन् । जसलाई नयाँ दलदेखि राप्रपा जस्ता शक्तिसमेत प्रयोगको अस्त्र बन्दा के गणतन्त्र खतरामा पर्न थालेको हो त? भन्ने प्रश्न समेत उठेको छ । यता राप्रपा त फागुनमा निर्णायक आन्दोलन गर्ने तयारी मै छ । अहिले नै एक खालको आन्दोलन सुरु भएको बताउने राप्रपाका नेताहरु अब बाह्र बुँदे सहमतिमा करेक्सनको बेला आएको तर्क गरिरहेका छन् । जसलाई पृथ्वी जयन्ती जस्ता विषयलाई राजनीतिक अस्त्र बनाउन गरिएको प्रयास केही हदसम्म सफल हुनुपनि हो । अझ कांग्रेसकै केहि नेतासमेत यहि खालका अभिव्यक्तिमा व्यस्त देखिँदा पूर्वराजा ज्ञानेन्द्र शाह नै पनि दल र राजा मिल्नुपर्ने तर्क गर्न थालिसकेका छन् ।

हुन पनि देशमा राजा फर्काउन राप्रपाले नभई कांग्रेसले यो मुद्दा उठाउनुपर्ने धेरैको तर्ककाबीच यो उनका लागि आशाको आधार पनि हो । त्यहि परिस्थितीमा सभापति शेरबहादुर देउवाले नै हिन्दुधर्मको एजेण्डा उठाउन गरेको संकेत अर्को हौसलाको आधार हो । यो देउवाले भारतको ईशरामा गरेको र त्यसको संरक्षकका रुपमा राजा उभ्याउन सक्ने आशाले राजावादीहरु खुसी मनाइरहेका छन् । तर पश्चिममा शक्तिको दवावका कारण देउवा पेलिएको तथा यही कारण निर्णयको आधार बन्ने महासमिति बैठक नै सार्न थालिएको चर्चा छ । अर्का नेता शंकर भण्डारीले देशको संविधान धरापमा पर्न लागेको भन्दै गरेको भाषणको समेत यसैसंग सम्बन्ध भएको चर्चा छ । जहाँ यो देशमा गणतन्त्र ल्याउने तथा माओवादीलाई शान्ती प्रक्रियामा ल्याएका गिरिजाप्रसाद कोईरालकी छोरी नै राजतन्त्रप्रति अभिव्यक्ति दिन थालेकी छन् । गिरिजाको समेत राजा हटाउने ईच्छा नभएको बताउने सुजता कोईरालाले भारतकै कारण गणतन्त्र आएको तर्क गरेकी छन् ।

यो तर्कले आज भारतले नेपालमा चाहेको व्यवस्था परिवर्तन कि अस्थिरता भन्ने पक्का छ । तर उसले धर्म निरपेक्षता भएकै कारण संविधान नस्वीकारेको तर्ककाबीच उसको एजेण्डा पक्का भएको राजावादीहरु बताउँछन् । यहि व्यवस्था रहे भारतीय जनता पार्टी भारतमा कमजोर बन्नासाथ नेपालमा उसले रोपेको बिउ पनि कमजोर हुने उनीहरुको तर्क छ । तर राजनीतिक अभियन्ता प्रशान्त सिंह यो भने यो बहसको विषय नै नभएको बताउँछन् । विश्वका गणतान्त्रिक मुलुकमा पनि धेरै चोटी व्यवस्था धरापमा परेको उल्लेख गर्दै उनले राजतन्त्र फर्किए पनि फेरि यात्रा गणतन्त्रकै हुने तर्क गरे । आफ्नो औपनिवेशिक शक्ति कायम राख्न आफ्ना नागरिकले नै कायम गरेको बेलायतको राजासंग जनताले फालेको नेपालको राजा तुलना हुन नसक्ने उनी बताउँछन् । यदि राजतन्त्र फर्किएपनि भारतकै कारण फर्किन सक्ने अवस्था रहेको उनले स्वीकार गरे । तर अरुले ल्याइदिएको राजाले देशमा चमत्कार गर्छ भन्नु नै भ्रम रहेको सिंहको भनाइ छ ।

हुन त गणतन्त्रको सुविधा उपभोगमा लिप्त राप्रपा र गणतन्त्र आफ्नो पेवा ठान्ने कांग्रेसका नेताहरुको भनाइ र गराईले नै पनि वास्तविकता देखाइरहेको छ । अर्थात उनीहरुको रणनीति अवसर नपाँउदा र अवसर पाउन जुन थालमा खायो त्यही थालमा मुख चुट्नेभन्दा माथि नरहेको प्रष्ट छ । चमत्कार नै भएर राजा फर्किए पनि जनतालाई बाँडेको सपनाको भारीले धेरै दिन नटिक्ने पक्का छ । फलतः अहिले देखिएको वाणीविलाशदेशलाई प्रयोगशाला बनाउने भन्दामाथि नभएको प्रष्ट हुँदा आम नागरिक भने भ्रमै रुमलिरहेका छन् ।