Breaking

योहो टेलिभिजनका बरिष्ठ सम्पादक जीवराम भण्डारीलाई यसवर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार


काठमाडौँ— यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कारु योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले पाउने भएका छन् । सम्पादक समाज नेपालको केन्द्रीय समिति बैठकले यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कारु भण्डारीलाई दिने निर्णय गरेको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए ।

आगामी शनिवार नुवाकोटको सुर्यचौरमा एक कार्यक्रमगरी सम्मानित व्यक्तिहरूलाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरिने डोटेलले बताए ।

उनका अनुसार गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार शरण उत्सव सापकोटालाई दिने निर्णय भएको छ । राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र एफएम रेडियोमार्फत् पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकाले मण्टेश्वरी राजभण्डारीलाई समाजले सम्मान गर्ने भएको हो ।

सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष एवम वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा पुरस्कार स्थापना गरिएको हो । समाजले निर्माण गरेको नुवाकोटस्थित सुर्यचौरको भवनमा सम्मान कार्यक्रम हुने छ ।